Pura Samachar

असार १७ देखि आन्तरिक उडान खुल्ने

प्रकाशित: June 23, 2021

असार १७ देखि आन्तरिक उडान खुल्ने

काठमाडौ। सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खुलाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ गतेदेखि उडान खोल्न दिने निर्णय गरेको हो। मन्त्रालयका अनुसार आन्तरिक उडान खोल्दा कम्पनीहरूले यात्रु क्षमता ५० प्रतिशत बढी राख्न पाइने छ। सरकारले यही सोमबारको मन्त्रिपरिषदको बैठकबाट हवाई उडान खोल्ने निर्णय गरेको थियो।

प्रतिक्रिया