काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।
भदौँमा महाधिवेशन गर्ने निर्णय भएसँगै कांग्रेसका शिर्ष नेताहरुको दौडधुप बढेको छ ।
महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले अर्को कार्यकालका लागि दाबेदारी प्रस्तुत गरेपछि पौडेलले पनि आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन्।
पौडेल पक्षीय एक केन्द्रीय सदस्यका अनुसार दिउँसो २ बजे बसुन्धारास्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको छ। आजको बैठकमा महाधिवेशनको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।
प्रतिक्रिया