Pura Samachar

भेरोसेलको दोस्रो मात्राको खोप असार २२ देखि

प्रकाशित: June 25, 2021

भेरोसेलको दोस्रो मात्राको खोप असार २२ देखि

काठमडौं – चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई यही असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने भएको छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्रा ९बुस्टर डोज० खोप लगाइने तय भएको बताउनुभयो ।

साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत उक्त अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उहाँले बताउनुभयो ।

उहाँले भन्नभयो–‘यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउने छन् तर त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउनु अनिवार्य हुनेछ ।’

पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।

६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया