Pura Samachar

देउवा प्रधानमन्त्री हुनुहुन्छ, यो सेटिङ गरेर भनेको होइन : प्रचण्ड

प्रकाशित: June 26, 2021
पूरा समाचार

देउवा प्रधानमन्त्री हुनुहुन्छ, यो सेटिङ गरेर भनेको होइन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन्। संसद भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले आफूले सेटिङ गरेको नभई संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री हुने बताए।

‘हेर्नुहोला केपीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ। यो सेटिङ गरेर भनेको होइन। देउवाले प्रधानमन्त्री चाहियो भनेर कहिल्यै भन्नुभएन। हामीले उभ्याएका हौँ। साथ दिन्छौँ भनेर,’ उनले भने।

विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ५ पूर्व प्रधानमन्त्रीको विज्ञप्तिले देश संकटमा पुगेको संकेत गर्ने बताए। प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका प्रचण्डले ओली अझै जालझेलमा लागेको बताएका छन्।

‘हामी ५ पूर्व प्रधानमन्त्रीले दिएको विज्ञप्ति बुझ्नेका लागि इसारा काफि छ। पत्रकार साथीहरु हामीलाई धेरै एक्सपोज गर्न नलगाउनुस्। नेतालाई धेरै एक्सपोज गराउदा देशलाई फाइदा हुदैन,’ प्रचण्डले भने।

सरकार छिटो बनाउन पाए हुन्थ्यो भन्ने आफूहरुको चाहना नभएको भन्दै उनले अराजक शैलीमा ओली संविधानको विरुद्धमा उत्रिएको आरोप लगाए। उनले प्रधानमन्त्री पदका लागि नभइ लोकतान्त्रिक मुल्य मान्यताका लागि गठबन्धन बनेको बताए।

‘लोकतान्त्रिक मुल्य मान्यताका लागि गठबन्धन आवश्यक भयो। हामी कुर्ची छोडेर देशको हितमा लाग्ने मान्छेहरु हौँ। मैले सार्वजनिक समारोहमा भनेको थिएँ विकास र समृद्धिको लागि नयाँ खाका दिन आवश्यक छ। संविधानको रक्षा गर्नैपर्छ, नत्र देश बर्बाद हुन्छ भनेर हामी लागेका हौँ,’ उनले भने।

डेमोक्रेटिक छलफल गर्न ओलीले मन नपराएको बताउँदै उनले पार्टी एकता शुरु हुनसाथ लडाइँ शुरु भएको समेत बताए।

उनले भने, ‘दुई अध्यक्ष बराबर भन्ने थियो। उनले मानेनन्। मेरो कमजोरी भयो, उनलाई एकलौटी छाडेर। आफ्नै गृहमन्त्रीले लाठीचार्ज गरे।’

ओलीले झुट बोल्न थालेकाले अब हद पार गरेको प्रचण्डको भनाइ छ। उनले आफूले अदालतमा सेटिङ नगरेको बताए।

‘यति झुट बोल्ने नेपालको प्रधानमन्त्री हुन सक्ने, यो झुट बेइमानीको पराकाष्टा हो। अदालतले अहिले पनि संविधानअनुसार निर्णय गर्छ। केपीले अहिले अदालतलाई धम्काउन थालेका छन्। कहिले महान्यायाधिवक्तामार्फत त कहिले आफै थर्काउन थालेका छन्,’ उनले भने।



facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button
Classic Tech

 @PahiloPost

धेरैले पढेको

Esewa
Hamro patro

प्रतिक्रिया