Pura Samachar

भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ।

प्रकाशित: June 30, 2021

भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ।

काठमाडौं : आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका-६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो। सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात संचालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए।

उनका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात संचालन गर्ने प्रयास भइरहेको छ। त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा संचालनमा रहेको प्रवक्ता रिमालले बताए। रासस

प्रतिक्रिया