Pura Samachar

आज ३ हजार ५९७ जना संक्रमणमुक्त

प्रकाशित: June 30, 2021

आज ३ हजार ५९७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ५६८ वटा नमुनामा कोभिड संक्रमण परीक्षण गरिएको थियो । जसमध्येबाट २ हजार ८९२ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा जम्मा संक्रमित हुनेको संख्या ६ लाख ३८ हजार ८०५ पुगेको छ भने आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । त्यसैगरी आज थपिएका ४१ जनासहित कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ९ हजार ११३ पुगेको  छ

त्यस्तै आज ३ हजार ५९७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ४३६ जना संक्रमित । उपत्यका बाहिर सबैभन्दा धेरै सुनसरीमा १८५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै झापामा १७९, मोरङमा १४६ र कास्कीमा ११८ जना संक्रमित थपिएका छन् । अन्य जिल्लामा थपिने संक्रमितको संख्या एक सयभन्दा कम रहेको छ । आज इलाम, पाँचथर, भोजपुर लगायतका ३६ जिल्लामा थपिने संक्रमितको संख्या १० भन्दा कम रहेको छ ।

आज देशभर होम आइसोलेसनमा ३० हजार ५४४ जना, संस्थागत आइसोलेसनमा, ३ हजार १७ जना, आईसीयूमा ६२७ जना र भेन्टिलेटरमा १७५ रहेका छन् । नेपालमा अहिले कोभिड संक्रमणमुक्त हुने दर ९३.३२ र मृत्युदर १.४३ प्रतिशत रहेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया