हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २ हजार ७३० जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ ।
यसैगरि आज थप कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोनाको कारण ९ हजार १ सय ४५ जनाको मृत्यु भएको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेका छन् ।
प्रतिक्रिया