Pura Samachar

‘निजी स्कुलका शिक्षक मर्कामा परे‚ राहत दिऔं’

प्रकाशित: June 26, 2020

‘निजी स्कुलका शिक्षक मर्कामा परे‚ राहत दिऔं’

असार १२, काठमाडौंः राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेलले निजी क्षेत्रका शिक्षकहरुका लागि राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेकी छन्। लामो लकडाउनका कारण विद्यालय बन्द हुदाँ विशेष गरी निजी क्षेत्रका शिक्षकले तलब नपाउने र जिवन धान्नै मुस्किल हुने अवस्था रहेको उल्लेख गर्दै उनले राहत प्याकेज ल्याउन शिक्षा र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइन्। बिहिबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले भनिन्, शिक्षकहरु बाच्न सक्दैनन् भने, विद्यार्थी पनि बाच्दैनन् उनीहरुको पढाई बाच्दैन। अनि त्यो नबाचेपछि यो देश पनि कसरी संमृद्ध हुन्छ ? त्यतातिर पनि ध्यान दिन जरुरी छ। भिडियो :   पहिले राम्रै नाफा कमाएका कतिपय निजी विद्यालयले यतिबेला आफ्नो खर्च धाने पनि आयव्यय बराबर हुने गरी सञ्चालनमा रहेका विद्यालयका शिक्षक भने यतिबेला साच्चिकै अप्ठ्यारो परेको उनले बताइन्। सांसद राई पौडेलले यो अवस्थालाई संबोधन गर्न नीति बनाएर भए पनि केही न केही राहत प्योकेज बनाउनुपर्ने उनको तर्क छ।  सरकारले सबैलाई हात दिन नसक्ला तर अप्ठेरोमा परेका विद्यालयहरुको वर्गिकरण गरेर सरकारले राहत सक्ने उनको सुझाब छ। अहिले लकडाउनका कारण कसरी पढाउने भन्नेबारे बहस भइरहेका बेला सांसद राई पौडेलले भने यसको जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने धारणा राखेकी छन्।

प्रतिक्रिया