Pura Samachar

सभामुख सापकोटाको तर्फबाट ५ जना कानुन ब्यबसायीहरुले बहस गर्ने भएका छन् ।

प्रकाशित: July 2, 2021

सभामुख सापकोटाको तर्फबाट ५ जना कानुन ब्यबसायीहरुले बहस गर्ने भएका छन् ।

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा आज सरकारी वकिलको बहस सकिँदैछ । सरकारी वकिलको बहस सकेपछि सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सुरु हुनेछ । सभामुख सापकोटाको तर्फबाट ५ जना कानुन ब्यबसायीहरुले बहस गर्ने भएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापनाको मागसहित सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया