Pura Samachar

प्रधानमन्त्री ओली – ‘मदन भण्डारीकी धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न’

प्रकाशित: June 29, 2020

प्रधानमन्त्री ओली – ‘मदन भण्डारीकी धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति महँगो गडीमा चढ्ने भन्दै आलोचना गर्नेहरु नै राम्रै गाडी चढ्ने गरेको बताएका छन्। बालुवाटारमा आयोजित मदन भण्डारीको स्मृति सभामा ओलीले उक्त कुरा बताएका हुन्। राष्ट्रपतिले १६ करोडको गाडी चढ्ने गरेको भन्दै आलोचना हुने आलोचना गर्नेहरुको कमाइ पारदर्शी भए नभएको जानाकारी नभए पनि उनीहरु राम्रै गाडीमा हिड्ने गरेको बताए।

‘आजकल मान्छेहरु अक्सर भन्ने गर्छन्। मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो।अहिलेका नेताहरु उहाँको श्रीमती १६ करोडको गाडीमा हिँड्ने भन्छन्, १६ करोडको गाडी छ कि छैन। नेपालमा आउँछ कि आउदैन। त्यो मलाई थाहा छैन। १६ करोडको होइन, राष्ट्रपति हिँड्ने गाडी बाटोमा जाँदाजाँदै स्टार्ट बन्द हुने, पुराना गाडी यो इर्ष्या भावको कुरा नगरौं।’

उनले राष्ट्रपति साइकलमा नहिड्ने पनि बताए। उनले स्वीडेनका राजा साइकमा हिँडेको आफूले सुनेको बताए। ओलीले राष्ट्रपतिले साइकल चलाउन नजान्ने पनि बताए। प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीको धर्मपत्नी साइकल चलाउन जान्नुहुन्न।’

प्रतिक्रिया