Pura Samachar

टीयू र पीयूका परीक्षा भदौ पहिलो साता, कक्षा १२ को असोजमा

प्रकाशित: July 23, 2020

टीयू र पीयूका परीक्षा भदौ पहिलो साता,  कक्षा १२ को असोजमा

काठमाडौं – सरकारले भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेलगत्तै लकडाउनले रोकिएका परीक्षा मिति धमाधम सार्वजनिक भएका छन् ।

त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न शंकायका परीक्षा भदौ पहिलो सातादेखि सुरू गर्ने सूचना सार्वजनिक गरेका छन् ।

त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गते सुचारु गर्ने निर्णय गरेको त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा.पेशल दाहालले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयले लकडाउनले रोकिएका पूर्वनिर्धारित परीक्षाहरू सम्बन्धित कलेजमै परीक्षा सेन्टर कायम हुने गरी भदौ पहिलो साताबाट सुरू गर्ने निर्णय गरको परीक्षा नियन्त्रक डा.सूर्य प्रसाद संग्रौलाले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । यसअघि कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।

प्रतिक्रिया