Pura Samachar

सन् २०२१ अघि कोरोनाविरुद्धको खोप नबन्ने डब्ल्युएचओको भनाइ

प्रकाशित: July 23, 2020

सन् २०२१ अघि कोरोनाविरुद्धको खोप नबन्ने डब्ल्युएचओको भनाइ

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सन् २०२१ अघि  कोरोना भाइरसविरुद्धको खोप  नबन्ने जनाएको छ।

संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ अघि खोप बन्न नसक्ने बताएका हुन्।

खोप निर्माण नभइन्जेल भौतिक दूरी, सरसफाइ, मास्कको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जरूरी रहेको उनको भनाइ छ ।

कोरोनाविरुद्धको खोपलाई चीन, अमेरिका, बेलायतलगायतका देशहरुले अनुसन्धान गरिरहेका छन्। बेलायतले तयार पारेको खोप मानव परीक्षणमा पनि सफल भएपछि त्यसलाई बृहत मात्रामा परीक्षण गरिदैछ ।

प्रतिक्रिया