
काठमाडौं । सल्यानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
मृतकमध्ये १० जनाको पहिचान खुलेको छ । कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुने १० महिला र २ पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–२ की ६१ वर्षीय मिना डाँगी, शारदा–२ की ६६ वर्षीया लीला बुढाथोकी, दाङको शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर–६ कोरबाङका ५ वर्षीय सुरज वली छन्।
सल्यानको त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, सल्यानको शारदा–१२ घर भइ दाङको तुलसीपुर–६ बस्ने ५३ वर्षीया पर्भा चलाउनेको पनि दुर्घटनामा मृत्यु भएको छ।
यस्तै, दाङको बबइ गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, बबइ–६ पञ्कुलेकी ७० वर्षीया कलाबति बुढाथोकी र घोराही उपमहानगरपालिका–१० नारायणपुरकी ६५ वर्षीया इन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएको छ।
जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा परी ६ जनको घटनास्थलमा र अन्य ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा २ जना बालबालिका पनि छन् ।
दुर्घटनामा १८ जना घाइते भएका जनाइएको छ।
प्रतिक्रिया