Pura Samachar

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो

प्रकाशित: November 2, 2022
पूरा समाचार

सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा सरकारी वकिल र जाहेरवालाको पक्षबाट बहस सकिएको छ ।

सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता लक्ष्मण उपाध्याय घिमिरेको नेतृत्वमा तीन र जाहरेवालाको पक्षबाट चार कानुन व्यवसायीले बहस गरेका छन् । आफूहरूले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिकिर गरेको न्यायाधिवक्ता घिमिरेले जानकारी दिए ।

अब सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । “प्रतिवादीको तर्फबाट बहस सकिएपछि हामी फेरि त्यसको खण्डन बहस गर्नेछौँ,” घिमिरेले  भने ।

अदालतको कार्यसमय अपराह्न ४ बजे नै सकिने हुनाले सन्दीपका कानुन व्यवसायीको तर्फबाट बहस सुरु भए पनि आज सकिने छैन । “आज हाम्रो तर्फबाट बहस नसकिने सम्भावना देखिन्छ,” सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारी दहालले भने ।

सन्दीपविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्षसम्मको कैद सजाय माग गर्दै गएको सोमबार मुद्दा दायर गरिएको थियो । मंगलबार न्यायाधीशसमक्ष उनको बयान लिइएको थियो ।

प्रतिक्रिया