Pura Samachar

विश्वभर कोरोना संक्रमणबाट एकैदिन ४ हजार ८९० काे ज्यान गयाे

प्रकाशित: November 9, 2021

विश्वभर कोरोना संक्रमणबाट एकैदिन ४ हजार ८९० काे ज्यान गयाे

काठमाडौं । केही दिनदेखि विश्वभर कोरोना संक्रमण घटबडकाे क्रम जारी छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेकाे देखाएको हो ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेकाे छ र निकाे हुनेकाे संख्या बढिरहेकाे छ । त्यस्तै, मृत्यु हुनेकाे संख्या पनि घट्दाे क्रममा रहेकाे छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ४ हजार ८१० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ४ हजार ८१० को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ४० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २५ करोड ९ लाख ८२ हजार ५२० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २२ करोड ७२ लाख १६ हजार ११७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

प्रतिक्रिया