Pura Samachar

सरकारले फेरि जारी गर्यो रिभाइस एसओपी

प्रकाशित: November 9, 2021

सरकारले फेरि जारी गर्यो रिभाइस एसओपी

डा. हरिमोहन पोखरेल

कोहिमा /नागालैंड सरकारको गृह विभाग द्वारा आगामी दिसंबर महिनाको पहिलो सातामा संपन्न हुन गई रहेको ‘होरनबिल फेस्टिवल 2021 ‘लाई ध्यानमा राख्दै हिजो साँझ नया एसओपी जारी गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार नया एसओपीमा उल्लेख गरे अनुसार कुनै पनि पर्यटकले नागालैंड राज्यमा प्रवेश गर्नु भन्दा अगाडिबाट नै कोविदको दोस्रो र अंतिम खोप लगाएको प्रमाणपत्र सहित आउनु पर्ने छ अथवा नलगाएको खण्डमा भने कुनै पनि नाकाहरू जस्तै डिमापुरको चुमुकेदेमा गेट, मोरियानी, टिजीट तथा तुवेनसाङको नाकामा भने आरटीपीसीआर टेस्ट गरिनुपर्ने छ ।यदि कुनै पनि पर्यटकले यो नगरेको खण्डमा भने सरकारले कडा भन्दा कडा कार्यवाही गर्ने छ ।यो उपरोक्त निर्णय भने सरकारले आगामी महिनाको दस तारीख सम्मको लागि लिएको हो भन्दै गृह विभागबाट जारी विज्ञप्तिमा स्पष्ट पारेको छ ।
विज्ञप्तिले अझै अगाडि जनायो कि कुनै पनि नागरिकले नागालैंड छोडेर मणिपुरमा जाने भए देखि सोही अनुरूप नै खुजुमा नाकामा गर्नुपर्ने छ साथै सरकारको यो पहलकदमीलाई सबै गाॅउबुढा, पंचायत तथा संबंधित कोलोनीको चेयरमैनहरूले तत्कालबाट लागू गर्नुपर्ने छ भन्दै विज्ञप्तिले जनाएको छ।
स्मरण रहोस् हरेक साल नागालैंड सरकारले होरनविल फेस्टिवल मनाउने गर्छ जसमा विभिन्न प्रकारका कार्यक्रमहरू समावेश हुन्छन तर गतः वर्ष कोरोनाको महामारीले गर्दा हुन सकेको थिएन ।यसपालीको सरकारको निर्णय स्वागत योग्य छ ।

प्रतिक्रिया