Pura Samachar

एमाले पाटीपौवा बन्छ : भीम रावल

प्रकाशित: November 9, 2021

एमाले पाटीपौवा बन्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार बोलाइएको बैठक बहिष्कार गरेका छन् । उनले यो बैठकलाई ‘१० बुँदे सहमति र पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन १२  विपरीत भएकाले अवैध र गुटबन्दीको नमुना’ भनेका छन् ।

१० बुँदे कार्यान्वयन भैसकेको भनेर एमालेको संस्थापन पक्षले भनिरहेका बेला रावलले भने यसको कार्यान्वयनमा गम्भीर समस्या रहेको रातोपाटीलाई बताए । अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले कार्यदलका संयोजकसमेत रहेका रावलले काम गर्न नसकेको भनेर गरेको टिप्पणीप्रति पार्टीले निर्णय कार्यान्वयन नगर्ने र गर्न नदिनेहरू नै असक्षम रहेको प्रतिउत्तर दिए ।

‘पार्टीको त्यत्रो ठुलो निर्णय, पार्टीका ११ जना स्थायी कमिटीका सदस्यहरूले गरेको सहमति जसले कार्यान्वयन गर्न नदिएर बाधा खडा गर्छ, जसले आफैँले गरेका निर्णयहरू कार्यान्वयन गर्न दिँदैनन्, असक्षम त ती व्यक्तिहरू हुन्, म होइन’, रावलको भनाइ छ ।  

बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुने बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् । उनको प्रश्न छ, ‘अपानि (अन्तरपार्टी निर्देशन) १२ झापामा लागु हुने, सुदूर पश्चिममा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?

प्रतिक्रिया