
काठमाडौं । बुधवार प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ ।
हाल देशको गण्डकी, लुम्बिनी र बागमती प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतय सफादेखि आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।
प्रतिक्रिया