
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज शनिबारबाट सुरु हुँदैछ ।
शनिबार र आइतबार काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठकको एजेण्डा तय गर्न शुक्रबार काठमाडौंमा पार्टीको स्थायी कमिटी बैठक बसेको थियो ।
केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई सपथ गराइने नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो ।
त्यस्तै बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरुबाट जानकारी लिने र प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेश हुने कार्यसूची तय भएको उहाँले बताउनुभयो ।
त्यस्तै बैठकको दोश्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरुबाट भएका काम कारवाहीहरु अनुमोदन हुनेछन् । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने तुलाधरले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिर्पोट लिने तय गरेको छ ।
प्रतिक्रिया