Pura Samachar

देशभर चिसाे बढ्ने क्रम जारी,

प्रकाशित: November 13, 2021

देशभर चिसाे बढ्ने क्रम जारी,

काठमाडौं । हाल नेपालमा वर्षा हुने कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार बिहान प्रदेश १ प्रदेश २ र बाग्ममती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी  भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै, महाशाखाले देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले सजगता अपनाउन तथा बिहानकाे समयमा हिँडडुल नगर्न अनुराेध गरेकाे छ । बालबालिका तथा जेष्ठ नागरिकका लागि चिसाेबाट बच्न विशेष व्यवस्था गर्न पनि महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया