Pura Samachar

२४ घण्टामा थप २९५ जनामा कोरोना पुष्टि, ४७८ संक्रमित निकाे भए

प्रकाशित: November 13, 2021

२४ घण्टामा थप २९५ जनामा कोरोना पुष्टि, ४७८ संक्रमित निकाे भए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १६ हजार ६७५ जना पुगेको छ।

कुल संक्रमितमध्ये ७ हजार २७८ सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ  ।

त्यस्तै, गत २४ घण्टामा ४७८ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ।

यही अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।

प्रतिक्रिया