Pura Samachar

आजदेखि देशभर फाइजर खोप दिइँदै

प्रकाशित: November 14, 2021

आजदेखि देशभर फाइजर खोप दिइँदै

काठमाडौं । सरकारले आजबाट फाइजर खोप वितरण गर्दैछ । नेपालमा पहिलो पटक १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप दिन लागिएको हो ।

पहिलो चरणमा आजदेखि १२ देखि १८ वर्षसम्मका दीर्घरोगीलाई यो खोप दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले अब फाइजर खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने र दुई चरणमा गरी ५० लाखलाई दिने जनाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धि पुर्जा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा फाइजर खोप दिन आठवटा लक्षित समूह छुट्याएको छ । उनीहरुलाई पहिलो डोज आजदेखि मंसिर ४ गतेसम्म र दोस्रो डोज मंसिर २७ देखि पुस ४ गतेसम्म दिइने मन्त्रालयले जनाएको छ ।

फाइजर खोप दिइने अस्पतालहरू
वीर अस्पताल, काठमाडौं
वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं
सिभिल अस्पताल, काठमाडौं
त्रिवी शिक्षण अस्पताल काठमाडौं
शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, काठमाडौं
पाटन अस्पताल, ललितपुर
भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर
शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर
मेची प्रादेशिक अस्पताल, झापा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी
कोशी अस्पताल, मोरङ
गजेन्द्रनारायणसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सप्तरी
नारायणी प्रादेशिक अस्पताल, पर्सा
जनकपुर प्रादेशिक अस्पताल, धनुषा
बीपी कोइराला स्मृति क्यान्सर अस्पताल, चितवन
धुलिखेल अस्पताल, काभ्रे
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की
धौलागिरी अस्पताल, बाग्लुङ
लुम्बीनी प्रादेशिक अस्पताल, रुपन्देही
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
भेरी अस्पताल, बाँके
कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत
सेती प्रादेशिक अस्पताल, धनगढी
डडेलधुरा अस्पताल, डडेलधुरा

प्रतिक्रिया