Pura Samachar

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना

प्रकाशित: November 15, 2021

प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती पनि देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया