Pura Samachar

चुनाव आयोग र हुलाक सेवा बीच समझौता

प्रकाशित: November 16, 2021

चुनाव आयोग र हुलाक सेवा बीच समझौता

डा. हरिमोहन पोखरेल

कोहिमा /भारत सरकारको चुनाव आयोगको नागालैंड शाखा र हुलाक सेवा बीच हिजो डिमापुरमा आयोजित एउटा सानो समारोहमा सम्झौता भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार चुनाव आयोगले तर्फबाट नागालैंड राज्यका सीइओ र हुलाक सेवाको तर्फबाट नागालैड सर्कलका पोष्ट मास्टर जेनेरल बीच समझौता आगामी पाॅच वर्षको लागि भएको कुरा पनि स्पष्ट भएको छ ।
सम्झौता अनुसार हुलाक सेवाले चुनाव आयोगका प्रत्येक सुचनाहरू लगायत फोटो पहचान पत्र समेत प्रत्येक नागरिकको घर दैलोमा समयमा पुर्याइदिने छ ।साथै हुलाक सेवा द्वारा चुनाव समयमा पोस्टल बेलोटको सेवा सम्म पनि उपलब्ध गराउने कुरा पनि सम्झौता भएको स्पष्ट थाहा पाइएको छ ।
स्मरण रहोस हुलाक सेवा र चुनाव आयोग बीच पाॅच वर्षमा एकचोटी सम्झौता हुने गर्दछ ।यो सम्झौताले अवश्य पनि नया आयाम थपिनेछ ।

प्रतिक्रिया