
डा. हरिमोहन पोखरेल
कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार असममा गतः सोलह नोभेम्बरको दिन राष्ट्रिय प्रेस दिवस मनाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार असमको नामी शहर तेजपुरमा आयोजित कार्यक्रममा असम राज्यका सूचना एवं प्रसारण मंत्री मुख्य अतिथिअतिथिको रूपमा उपस्थित थिए भने असम जर्नलिस्ट एसोसिएसनका अध्यक्ष सभा अध्यक्ष थिए ।
यस अवसरमा प्रेस र मीडियाको स्वतन्त्रता साथै सरकारको चौथो स्तम्भको रूपमा मीडियालाई खोजीमूलक पत्रकारिता माथि लामो छलफल समेत भएको थियो ।
यसै अवसरमा असम राज्यमा गतः एकतीस वर्ष देखि प्रकाशित नेपाली साप्ताहिक समाचार पत्र देश वार्ताको संपादक श्री कुसमाकर उपाध्याय जी लाई पनि सम्मानित गरिएको थियो ।उनीसँग राज्यभरिका नौ जना अन्य पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो ।
राज्यको सूचना एवं जनसंपर्क विभाग द्वारा आयोजित सो कार्यक्रममा राज्य भरिका धेरै जसो मीडियाकर्मीहरू उपस्थित थिए भने कार्यक्रमको आयोजना पनि विभाग द्वारा आयोजित गरिएको थियो ।
स्मरण रहोस् प्रत्येक वर्ष सोलह नोभेम्बरको दिन राष्ट्रिय प्रेस दिवस भनेर पालन गरिन्छ ।
प्रतिक्रिया