Pura Samachar

प्रदेश सभा निर्वाचन क्षेत्रमा आज कांग्रेसको अधिवेशन

प्रकाशित: November 19, 2021

प्रदेश सभा निर्वाचन क्षेत्रमा आज कांग्रेसको अधिवेशन

नेपाली कांग्रेसले आज प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा पार्टी कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि पनि चुनिन्छन् जो प्रदेश अधिवेशनका मतदाता हुन्।

करिब तीन सय प्रदेश सभा निर्वाचन क्षेत्रमा आज अधिवेशन गर्ने कांग्रेसको तयारी छ।

३३० निर्वाचन क्षेत्रमध्ये यसअघि पनि कांग्रेसले केही जिल्लाका प्रदेश सभा क्षेत्रहरूमा अधिवेशन गरेको थियो।

१४ जिल्लामा भने कांग्रेसले यसअगाडि नै प्रदेश सभा क्षेत्रीय अधिवेशन गरेको थियो।

१४ हिमाली जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन नै सम्पन्न भइसकेको छ।

प्रदेश निर्वाचन क्षेत्र अधिवेशनको तयारी पूरा भएको र निर्वाचन अधिकृतहरूसमेत निर्वाचन क्षेत्रमा पुगिसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसले सिन्धुपाल्चोक, सर्लाहीलगायत केही जिल्लाका प्रदेश सभा क्षेत्रमा भने आज अधिवेशन नगर्ने भएको छ। वडा अधिवेशन नै बाँकी रहेकोले त्यहाँ पालिका अधिवेशनसमेत हुन सकेको छैन।

प्रतिक्रिया