Pura Samachar

रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको लर्को

प्रकाशित: November 19, 2021

रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको लर्को

शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् ।  कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने देखिएका छैनन् ।

​ हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।


प्रतिक्रिया