Pura Samachar

नेपालले हङकङलाई दियो १०५ रनको लक्ष्य

प्रकाशित: November 22, 2021

नेपालले हङकङलाई दियो १०५ रनको लक्ष्य

आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले हङकङलाई १०५ रनको लक्ष्य दिएको छ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १०४ रन जोड्यो।

नेपालका लागि सीताराना मगरले ४० रनको योगदान गरिन्। उनले ५८ बलमा ४ चौका प्रहार गरिन्।

इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। उनले ३६ बलमा ३ चौका हिर्काइन्।

त्यसअघि ओपन कविता कुँवर शून्यमा आउट हुँदा काजल श्रेष्ठल ४ रन भन्दा जोड्न सकिनन्। कप्तान रुबिना क्षेत्रीले नटआउट २ रन बटुलिन्।

बलिङमा हङकङकी बेटी चान र क्यानी चानले १-१ विकेट लिए।

छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।

छनोटअघि नेपालले कतारसँग ३ खेलको टी-२० सिरिज खेलेको थियो। सिरिज नेपालले क्लिनस्विप गरेको थियो।

प्रतिक्रिया