
यहीँ मंसिर १० गतेदेखि सुर्खेत विमानस्थलमा उडान बन्द हुने भएको छ। धावनमार्ग (रनवे) मर्मतका लागि २५ दिनसम्म विमानस्थलमा हुने सबै उडानहरु बन्द गर्न लागिएको हो।
धावनमार्ग मर्मतका लागि मंगलबार ईञ्जिनियरको टोली सुर्खेत आउन लागेको नागरिक उड्यन प्राधिकरण सुर्खेतले जनाएको छ।
अहिले गरिने मर्मत नियमित मर्मत कार्यअन्तर्गत भएको प्राधिकरणले जनाएको छ।
सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत प्रभावित हुने भएका छन्।
यस्तै काठमाडौंबाट सुर्खेतका लागि हुने सिँधा हवाई उडान पनि प्रभावित हुने भएको छ। यसका लागि बुद्ध एअरले नेपालगञ्जमा अतिरिक्त उडान गर्न लागेको छ।
प्रतिक्रिया