Pura Samachar

बसले स्कुटरलाई ठक्कर दिँदा विद्यार्थी नेताको मृत्यु

प्रकाशित: November 24, 2021
पूरा समाचार

बसले स्कुटरलाई ठक्कर दिँदा विद्यार्थी नेताको मृत्यु

तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ ।

गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाइसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु बसले सोही दिशा गइरहेको बा ४५ प २३८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सापकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिए

मृतक देवकोटा अखिल क्रान्तिकारी पालुङटारको संयोजक छन् । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र बसको चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया