Pura Samachar

आईपीएल अप्रिलदेखि, १० टोली सहभागी हुने

प्रकाशित: November 24, 2021

आईपीएल अप्रिलदेखि, १० टोली सहभागी हुने

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण २०२२ अप्रिलमा प्रारम्भ गर्ने योजना बनाएको छ ।

विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेल तालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलदेखि चेन्नईमा प्रतियोगिता प्रारम्भ गर्ने योजना जानकारी गराएको छ ।

आठ टोलीको सहभागितामा ६० खेल हुने गरेको टी-२० प्रतियोगितामा आगामी १५औं संस्करणदेखि १० टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ ।

बीसीसीआईले प्रतियोगिता दुई महिनासम्म सञ्चालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि प्रारम्भ गरिसकेको छ ।

आठ टोलीले सहभागिता जनाउँदै आएकोमा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ ।

प्रतियोगिताको समूह चरणमा सबै टिमले सात होम र सात अवे गरी कुल १४ खेल खेल्नेछन् ।

कोभिड-१९ महामारीका कारण आइपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

प्रतिक्रिया