Pura Samachar

एकैदिन साढे ४ लाख कोरोनामुक्त ,६ लाख १४ हजार संक्रमित थप

प्रकाशित: November 25, 2021

एकैदिन साढे ४ लाख कोरोनामुक्त ,६ लाख १४ हजार संक्रमित थप

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५० हजार ४४१ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार यही अवधिमा ७ हजार ५ सय जनाको मृत्यु भएको छ ।

त्यसैगरी थप ६ लाख १४ हजार १९९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसअनुसार अमेरिकामा मात्रै ९४ हजार ८८३ जना थपिदा निको हुनेको संख्या ५७ हजार ४११ रहेको छ । त्यहाँ एकैदिन एक हजार ४४४ जना संक्रमितको मृत्यु भएको छ ।

रुसमा ३३ हजार थपिँदा ४२ हजार बढी संक्रमणमुक्त भए । पछिल्लो दिन एक हजार २४० जनाले कोरोनाका कारण ज्यान गुमाए ।

यसअघि बुधबार ५ लाख २५ हजार ७२६ जना कोरोना संक्रमित थपिएका थिए ।

युरोपमा कोरोना भाइरसको दैनिक संक्रमण दर बढेको छ ।

प्रतिक्रिया