Pura Samachar

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना

प्रकाशित: November 26, 2021

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना

काठमाडौं । शुक्रवार देशको पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यस्तै, शुक्रवार राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आँशिकदेखि सामान्य बदली र लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहनुको साथै देशभर चिसो बढ्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा माैसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया