Pura Samachar

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

प्रकाशित: November 26, 2021

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटियो

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ रूप भेटिएको छ ।

बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन्। उनीहरूले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन्।

भाइरललोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा भने–बी.१.१.५२९ वंश संख्या मानेको यस भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू रहेका छन् ।

दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए।

स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार बिरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ।

दक्षिण अफ्रिकामा यस महिनाको सुरूतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ।

गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरियन्ट भेटिएको थियो । यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो। डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो।

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् । त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया