
सिड्नी- अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ ।
दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो ।
उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्थल उत्रिएका थिए ।
परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो ।
संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए ।
सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो ।
तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो ।
उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।
त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया