Pura Samachar

पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान

प्रकाशित: December 1, 2021
पूरा समाचार

पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान

काठमाडौं । देशको पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती देशभर आँशिक बदली रहने छ। गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

नेपालको पूर्वी भूभागमा ब़ंगलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाे तथा चिसाे बढ्ने क्रम जारी रहेकाले साेही अनुसार सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन पर्ने महाशाखाकाे भनाइ छ ।

प्रतिक्रिया