Pura Samachar

सर्वोच्चमा पहिलोपटक गोलाप्रथाद्वारा गठन भए ११ इजलास

प्रकाशित: December 1, 2021
पूरा समाचार

सर्वोच्चमा पहिलोपटक गोलाप्रथाद्वारा गठन भए ११ इजलास

काठमाडौं । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् ।

पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् ।

११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार वुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

गोला प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार साढे १२ सम्म अदालत परिसरमा शान्तिपूर्ण धर्ना दिने कार्यक्रम छ ।

बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउदै आएको छ ।

प्रतिक्रिया