Pura Samachar

नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशन मंसिर १६ (आज) बाट हेटौँडामा हुँदै

प्रकाशित: December 2, 2021
पूरा समाचार

नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशन मंसिर १६ (आज) बाट हेटौँडामा हुँदै

हेटौँडा । नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशन मंसिर १६ (आज) बाट हेटौँडामा हुँदै छ । कांग्रेसको केन्द्रीय महाधिवेशनको केहि समय अघि हुने बागमती प्रदेश अबिधेशनलाई कांग्रेसले महत्वपूर्ण ढंगबाट हेरेको छ ।

केन्द्री अधिवेशनमा बर्तमान सभापति शेरबहादुर देउवा विरुद्ध सस्थापन इतरका सबै प्रतिस्पर्धी एक भैरहेको सन्र्दभमा बागमती प्रदेशमा पनि सोहि तस्बिर देखिने भएको हो । आज सस्थापन इतरको समूह अन्र्तगतको रामचन्द्र पौडेल समूहले नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिश्वर नरसिंह केसीलाई उम्मेद्वार बनाएको छ भने कृष्णप्रसाद सिटौला समूहले भिमसेनदास प्रधानलाई सभापतिमा अघि सारेको छ । यता शेरबहादुर देउवा प्यानलबाट कांग्रेस मकवानपुरका सभापति समेत रहेका इन्द्रबहादुर बानीयाँले उम्मेद्वारी घोषणा गरेका छन् ।

यो पटक हुने अधिवेशनमा देउवा इतरका समूह एकहुने देखिएको भएपनि तीनजनाको उम्मेद्वारी घोषणापछि भिडन्त भने त्रिपक्षीय देखिएको हो । तर अन्तिमसम्म सिटौला र पौडेल पक्षले एकजनामात्र उम्मेद्वार खडा गर्ने संभावना उच्च रहेको नेपाली कांग्रेसका एकजना नेताले बताए ।
उनले भने ‘अहिले हेर्दा सस्थापन इतरको दुई उम्मेद्वार देखिएको भएपनि मनोनयन दर्ता गर्दासम्मा त्यो एक मात्र हुने संभावना छ, नेताहरु आन्तरिक छलफलमै हुनुहुन्छ ।’ नेपाली कांग्रेसको बागमती प्रदेश तहमा सस्थापन इतरको समूह बलियो देखिएकोले यो पटक इन्द्रबहादुर बानीयाँलाई विजयी बन्नु फलामको चिउरा चपाउनु जस्तै भएको ति नेताको दाबी छ ।

सस्थापन इतरको समूहबाट महामन्त्रीका उम्मेद्वार बनेका माईकल रामचन्द्र अर्याल पनि यो अधिवेशनबाट आफुहरु विजयी हुने बताउछन् । उनि भन्छन् ‘कांग्रेसको वर्तमान सभापति देउवा जि बाट कांग्रेसको भलो हुने देखिएन, त्यो आम कांग्रेसजनले बुझेका छन, तसर्थ यो पटक हाम्रो बागमती प्रदेशमा देउवा इतरको समूहले जित्ने विश्वास छ । ’

प्रतिक्रिया