Pura Samachar

कांग्रेस क्रियाशील सदस्य संख्या ८ लाख ४० हजार

प्रकाशित: December 2, 2021
पूरा समाचार

कांग्रेस क्रियाशील सदस्य संख्या ८ लाख ४० हजार

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशन अन्तर्गत आजबाट प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ । देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे अधिवेशनको उद्घाटन गर्न लाग्नुभएकाे छ । पाँच प्रदेशमा एकैसाथ अधिवेशन उद्घाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माकाे भनाइ छ। उहाँका अनुसार प्रदेश १ र २ मा भने अधिवेशनको मिति तय भएको छैन ।

१४औँ महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ४० हजार १०६ जना पुगेकाे बताइएकाे छ ।

कुन प्रदेशमा कति क्रियाशील सदस्य ?

प्रदेशगत रूपमा सर्वाधिक १ लाख ८६ हजार ३३५ जना बागमती प्रदेशमा छन् । त्यसपछि प्रदेश १ मा १ लाख ७४ हजार ८१३ जना, लुम्बिनीमा १ लाख ३१ हजार ११७ जना, गण्डकीमा १ लाख १८ हजार १४५ जना, प्रदेश २ मा १ लाख ९९९ काे सूची सार्वजनिक गरिएको छ, यद्यपि यो सूचीमा विवाद कायमै छ ।

त्यस्तै सुदूरपश्चिममा ७५ हजार १०१ र कर्णाली प्रदेशमा ५३ हजार ५९६ जना रहेका छन् ।

यसमध्ये पुरुषको संख्या ६ लाख ४४ हजार ५६५ जना र महिला १ लाख ९५ हजार ३७२ जना छन् । क्लस्टरको आधारमा हेर्दा सर्वाधिक ३ लाख ६७ हजार २७४ जना खस-आर्य रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया