Pura Samachar

प्रधानन्यायाधीश जबरा पाँच दिनमै अस्पतालबाट डिस्चार्ज

प्रकाशित: December 3, 2021
पूरा समाचार

प्रधानन्यायाधीश जबरा पाँच दिनमै अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा शुक्रबार डिस्चार्ज हुनुभएको छ ।

कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना हुनुभएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज हुनुभएको हो ।

१३ मंसिरदेखि अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज हुनुभएको भएका नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

विहीवार प्रधानन्यायाधीश राणालाई सर्वोच्चका वरिष्ठ न्यायाधीस दीपककुमार कार्कीले फोन गरेर गठबन्धन बैठक र कानून व्यवसायीहरुको छलफलको निष्कर्षबारे जानकारी गराउदै आफूलाई कामु तोकिदिन आग्रह गर्नुभएको थियो ।

जवाफमा प्रधानन्यायाधीश राणाले आफूले कामु नदिने तर आवश्यक परे आफै शुक्रवार सर्वोच्च हाजिर हुन आउने बताउनुभएको समाचार जनता समाचारले प्रकाशित गरेको थियो ।

प्रतिक्रिया