Pura Samachar

कक्षा १२ को परीक्षाफल प्रकाशित, कहाँ कसरी हेर्ने नतिजा

प्रकाशित: December 3, 2021
पूरा समाचार

कक्षा १२ को परीक्षाफल प्रकाशित, कहाँ कसरी हेर्ने नतिजा

काठमाडौं । गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार विहानै बैठक बसेर परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ ।यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।

कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

प्रतिक्रिया