Pura Samachar

२४ घण्टामा थप २४६ जनामा काेराेना पुष्टि

प्रकाशित: December 3, 2021
पूरा समाचार

२४ घण्टामा थप २४६ जनामा काेराेना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएका पछिल्लाे जानकारी अनुसार देशभर गरिएको ६ हजार ४ सय पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हाे ।

योसँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ९२१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३४६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कुनै संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। १०७ जना आइसीयू र ३४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया