
काठमाडौं– आज मंसिर १९ गते आइतबार स्वर सम्राट नारायण गोपालको ३१ औं स्मृति दिवस मनाइँदैछ ।
विसं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।
आफ्नो अद्वितिय गायनबाट सबैलाई आकर्षण गर्नु भएका उहाँले स्वर सम्राटको उपाधि पाउनु भएको हो ।
२०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।
उहाँले आफ्नो सांगीतिक यात्राका क्रममा नेपाली भाषाका एक सय ३५ भन्दा धेरै गीत गाउनु भएको रेकर्ड छ ।
नारायण गोपालले आधुनिक मात्र नभएर थुप्रै नेपाली चलचित्रका गीतमा पनि आफ्नो कणीप््रय स्व्र दिनु भएको छ ।
उहाँले नेपाल भाषाका पनि गीत गाउनु भएको छ ।
नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ ।
उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अमर छन् ।
स्वर सम्राटको सम्झनामा आज काठमाडौंमा विभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गरिंदैछ ।
प्रतिक्रिया