Pura Samachar

कांग्रेस बागमती प्रदेश सभापति पदका आज दोस्रो चरणको निर्वाचन, बाँनियाँ र केसीबीच प्रतिस्पर्धा हुने

प्रकाशित: December 5, 2021
पूरा समाचार

कांग्रेस बागमती प्रदेश सभापति पदका आज दोस्रो चरणको निर्वाचन,  बाँनियाँ र केसीबीच प्रतिस्पर्धा हुने

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका पुनः निर्वाचन हुने भएको छ ।

तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि आज पुनः मतदान हुने भएको हो । आज बिहान साढे एघार बजेपछि पुनः मतदान गर्ने तयारी भइरहेको निर्वाचन मण्डलका एक सदस्यले जानकारी दिए ।

पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याउनसभएको छ । यस्तै जगदिश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाउनुभएको छ । आज दोस्रो चरणमा हुने निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया