Pura Samachar

राप्रपाका नवनिर्वाचित अध्यक्ष र पदाधिकारीले लिए शपथ

प्रकाशित: December 5, 2021
पूरा समाचार

राप्रपाका नवनिर्वाचित अध्यक्ष र पदाधिकारीले लिए शपथ

काठमाडौँ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारीहरुले शपथ लिएका छन् ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहकाबीच राप्रपाका नवनिर्वाचित पदाधिकारीहरले शपथ लिएका हुन् ।

निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

महामन्त्रीमा धवलशमशेर राणा हुनुभएको छ । तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी हुनुभएको छ । महिला महामन्त्रीमा पनि थापा निकट कुन्ती शाही निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी हुनुभएको छ ।

प्रतिक्रिया