Pura Samachar

शहीदको बलिदान व्यर्थ जान दिइने छैन: बीना मगर

प्रकाशित: December 5, 2021
पूरा समाचार

शहीदको बलिदान व्यर्थ जान दिइने छैन: बीना मगर

पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ जान नदिनइने बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको बताउनुभयो । उहाँले देशको राजनीति माओवादी एजेण्डामा चलेको जिकिर गर्नुभयो ।

सङ्घर्षको बलमा जनपक्षीय एजेण्डा स्थापित भएको चर्चा गर्दै उहाँले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने बताउनुभयो । “माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउनेदेखि सिङ्गो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको छ ।”

देश र जनताका लागि बदिलान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा(माओवादी केन्द्र) मात्रै रहेको उहाँको जिकिर थियो । लडेर ल्याएको एजेण्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै उहाँले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताउनुभयो ।
–––

प्रतिक्रिया