Pura Samachar

काठमाडौंस्थित कागेश्‍वरीबाट आठ जना जुवाडे पक्राउ

प्रकाशित: December 6, 2021
पूरा समाचार

काठमाडौंस्थित कागेश्‍वरीबाट आठ जना जुवाडे पक्राउ

काठमाडौं २० मंसिर । तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । निजहरुलाई एक चिया पसलबाट शनिबार साझँ पक्राउ गरिएको हो ।

कागेश्‍वरी मनोहरा नगरपालिका-४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसलमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले निजहरुलाई नगद ३३ हजार ८ सय ८० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस विषमया प्रहरीले थप अनुशन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया