
एजेन्सी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेल सजाय सुनाइएको छ ।
उहाँको सहमतिलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो । उहाँ एक वर्षदेखि घरमै नजरबन्दमा रहनुभएकाे थियाे ।
यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आउनुभएकाे छ ।
फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गर्नुभएकाे थियाे । उहाँले निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया