Pura Samachar

अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित

प्रकाशित: December 8, 2021
पूरा समाचार

अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित हुनुभएको छ ।

कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ बाट नेता सिंह महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । सो क्षेत्रमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकटका नेता विरेन्द्र सिंहको प्यानलनै विजयी भएको छ।

विरेन्द्र ५१४ मत ल्याएर निर्वाचित हुँदा अमरेशले २४८ मत मात्र पाउनुभएको छ । डा शेखर कोइरालानिकट अमरेशको समूहले सर्लाहीको क्रियाशील वितरणमा संस्थापन समूहले धाँधली र एकलौटी गरेको आरोप लगाउँदै आएको थियो । यहाँ वडाअधिवेशनकै क्रममा हवाइ फायर तथा झडप पनि भएको थियो ।

प्रतिक्रिया