
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन प्रतिवेदन रायसहित पारित गरेकाे छ । १४औँ महाधिवेशनमा पेस गरिने सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन रायसहित पारित गरेको हाे ।
सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयाे ।
उहाँका अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्नुभएकाे थियाे। उक्त प्रतिवेदन केही रायसहित पारित गरेको शर्माले बताउनुभयाे ।
त्यस्तै, कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ । प्रतिवेदनअनुसार कांग्रेससँग हालसम्म १० करोडभन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया